चिनियाँ नागरिकले सञ्चालन गरेको जुवा अखडामा प्रहरीको छापा, ७ जना पक्राउ

चिनियाँ नागरिकले सञ्चालन गरेको जुवा अखडामा प्रहरीको छापा, ७ जना पक्राउ

सोमवार, आश्विन ७ २०८१
सोमवार, आश्विन ७ २०८१
  • चिनियाँ नागरिकले सञ्चालन गरेको जुवा अखडामा प्रहरीको छापा, ७ जना पक्राउ

    काठमाडौं । चिनियाँ नागरिकले सञ्चालन गरेको अवैध जुवा घरमा छापा मारेर प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चार चिनियाँ, एक भारतीय र दुई नेपाली नागरिकहरु छन् ।

    चीनको तिब्बतस्थित आम्दो घर भएका २४ वर्षीय सोनाम तामाङ, तिब्बतस्थित ल्हासा घर भएका ३० वर्षीय नोर्बु साम्देन, तिब्बतस्थित सिगाचे घर भएका २७ वर्षीय दासाङ, चीनको सिचुवान प्रान्त सिनुहा टाउन घर भएका ४५ वर्षीय विई चुनलिन, भारतीय नागरिक जाम्पा खेदुप, नेपालीहरु काठमाडौं(६ सिमलटार बस्ने २८ वर्षीय तेन्जिङ नोर्बु शेर्पा र सिन्धुपाल्चोकको पाँचपोखरी थङपाल गाउँपालिका(४ घर भएका ३५ वर्षीय लोप्साङ लामा पक्राउ परेका हुन् ।

    उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बौद्धबाट पक्राउ गरेको हो ।

    यो समूहले बौद्ध तीनचुलीस्थित पुष्पा लामाको घर भाडामा लिएर दोस्रो तलामा ‘गेम जोन’ भन्दै ‘फिस सुट गेम’को नाममा हारजित हुने गरी जुवा खेलाएको प्रहरीले जनाएको छ । उनीहरू जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको हो । 

    पक्राउ परेकाहरुबाट जुवा खेलाउन प्रयोग गरिएको उपकरण १ थान, १२ लाख १ हजार नगद, ३ हजार १ सय चाइनिज युयान, २ हजार अमेरिकन डलर र ७ थान मोबाइल बरामद भएको छ । पक्राउ परेकाहरुलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij