काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट एकैपटक ८ जना थुनुवा फरार भएका छन् । आज बिहान ३ बजे भेन्टिलेशन फोडेर उनीहरू फरार भएका हुन् ।
धनुषा प्रहरीका अनुसार शुरूमा नौ जना फरार भएका थिए । तर, एक जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । ८ जना भने अझै फरार रहेको प्रहरीले जनाएकाे छ । फरार थुनुवाको खोजी भइरहेको छ ।
यी हुन् फरार भएका ८ जना
अमित कुमार झा
रंजित मण्डल
रोशन कुमार मण्डल
अभास्कर कुमार यादव
विशाल मुखिया
सुमित मेस्तर (नाबालक)
मनिष मण्डल
बिक्की कार्की