रामेछापमा दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या दुई पुग्यो

रामेछापमा दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या दुई पुग्यो

सोमवार, आश्विन ७ २०८१
सोमवार, आश्विन ७ २०८१
  • रामेछापमा दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या दुई पुग्यो

    काठमाडौं । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं–५ स्थित सुनारपानीमा वलेरो दुर्घटनामा परी मृत्यु हुनेको सख्या दुई पुगेको छ । मन्थली नगरपालिका वडा नं ५ का वडा अध्यक्ष रविन कुमार कार्कीका अनुसार गम्भीर घाइते भई थप उपचारका लागि धुलिखेल अस्पताल लगिएका ६९ वर्षीय दिलिप कुमार वरुवालको उपचारका क्रममा मृत्यु भएको हो ।

    जिल्ला सदरमुकाम मन्थलीबाट सालुतर्फ जाँदै गरेको वा १८ च १८३९ नं को डवल क्याप वलेरो आइतवार दिउँसो सुनारपानीको भदौरे मोडमा दुर्घटना हुँदा मन्थलीनगरपालिका वडा नं ४ कि ६० वर्षिय पदम माया नेपालीको घटना स्थलमै मृत्यु भएको थियो । उनी मन्थली नगरपालिका वडा नं-४ कि दलित महिला वडा सदस्य समेत हुन् ।

    उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका मन्थली न पा-४ का ४२ बर्षिय वलेरो चालक गुनकुमार थापामगरको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ ।

    दुर्घटनामा परी घाइते हुनेहरुमा सोही वडाकी वर्ष ३४ की सीता नेपाली बर्ष २५ कि सुजिता रसाइली, वर्ष २५ कै सरिता नेपाली र उनकी ५ महिनाकी छोरी रोनिषा नेपालीको मन्थलीस्थित रामेछाप सामुदायिक अस्पताल र मन्थली अस्पतालमा उपचार भैरहेकोछ ।

    मन्थलीबाट सुनारपानी हुँदै भित्री कच्ची सडक प्रयोग गरी सालुतर्फ जाँदै गरेको उक्त वलेरो अनियन्त्रित भई सडकबाट करिव १ सय ५० मिटर तल खसेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij