प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच न्युयोर्कमा भेटवार्ता

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच न्युयोर्कमा भेटवार्ता

सोमवार, आश्विन ७ २०८१
सोमवार, आश्विन ७ २०८१
  • प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच न्युयोर्कमा भेटवार्ता

    काठमाडौं । अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ । 

    संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डल नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच न्यूयोर्कको स्थानीय समय अनुसार असोज ६ गते साँझ ५:३० बजे भेटवार्ता भएको हो । 

    दुई नेताबिच दुवै मुलुकका विदेश मन्त्री र अन्य अधिकारीसहित भेटवार्ता भएको छ । ओली प्रधानमन्त्री पदमा निर्वाचित भएपछि दुई देशका प्रधानमन्त्रीबिच भएको यो पहिलो भेटवार्ता हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij