रवि लामिछाने र धनराज गुरुङलाई पक्राउ गर्न प्रहरी परिचालन

रवि लामिछाने र धनराज गुरुङलाई पक्राउ गर्न प्रहरी परिचालन

आइतवार, आश्विन ६ २०८१
आइतवार, आश्विन ६ २०८१
  • रवि लामिछाने र धनराज गुरुङलाई पक्राउ गर्न प्रहरी परिचालन

    काठमाडौं । सरकारले सहकारीको रकम अपचलनमा संलग्नहरुलाई पक्राउ गर्न प्रहरी परिचालन गरेको छ । संसदीय छानबिन समितिको निर्देशन सरकारले कार्यान्वयन गर्ने निर्णय गरेसँगै प्रहरी अनुसन्धानमा ल्याउनु भनेका ५५ जनालाई पक्राउ गर्ने तयारी गरेको हो ।

    सहकारी ठगीमा संलग्न गोरखा मिडिया नेटवर्क सञ्चालक एवं पूर्व डिआइी छवि जोशीलाई प्रहरी केहीबेर अघि पक्राउ गरेको छ ।

    त्यस्तै गोरखा मिडिया नेटवर्ककै पूर्व सञ्चालक एवं रास्वाप सभापति रवि लामिछाने र कांग्रेस उपसभापति धनराज गुरुङलाई समेत आइतबार नै पक्राउ गर्ने तयारी छ । उनीहरुलाई पक्राउ गर्न प्रहरी प्ररिचालन गरिएको छ । लामिछाने पूर्वगृहमन्त्री समेत हुन् ।

    असोज २ गतेको मन्त्रिपरिषदको निर्णयअनुसार सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले आइतबार नै प्रहरी मुख्यालय पुगेर निर्देशन दिएका थिए । आइजिपी वसन्तबहादुर कुँवरलाई लेखकले ‘जो जुन अवस्थामा भेटिन्छ त्यहीँ अवस्थामा पक्राउ गर्नु’ भन्ने कडा निर्देशन दिएका छन् । निर्देशन पाए लगत्तै प्रहरी परिचालन गरिएको हो ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij