काठमाडौं । धनगढी विमानस्थलमा बोडिङ पास गर्ने क्रममा ढलेर १ जनाको मृत्यु भएको छ । शनिबार साँझ धनगढीदेखि काठमाडौं जान विमानस्थलमा बोडिङ पास गर्ने क्रममा ढलेर गोदावरी नगरपालिका–२ बस्ने ५० वर्षीय शेरबहादुर बोहोराको मृत्यु भएको हो ।
ढलेर बेहोस् भएका बोहोरालाई तत्काल माया मेट्रो अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ ।
बोहोराको हदयघातका कारण मृत्यु भएको आशंका गरिएको छ । उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।