अर्थमन्त्री र आइएमएफ उपनिर्देशकबीच भेट, नेपालको अर्थतन्त्र सुधार हुँदै गएको दावी

अर्थमन्त्री र आइएमएफ उपनिर्देशकबीच भेट, नेपालको अर्थतन्त्र सुधार हुँदै गएको दावी

आइतवार, आश्विन ६ २०८१
आइतवार, आश्विन ६ २०८१
  • अर्थमन्त्री र आइएमएफ उपनिर्देशकबीच भेट, नेपालको अर्थतन्त्र सुधार हुँदै गएको दावी

    काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट भएको छ ।

    अर्थ मन्त्रालयमा भएको भेटमा उपनिर्देशक दत्त गुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको आफूले पाएको बताए । उनले नेपालमा लागानी सहजीकरणसम्बन्धी कानुन परिमार्जन हुँदै गएको, राजस्व परिचालन रणनीति कार्यान्वयनमा आएको, अर्थतन्त्रसम्बन्धी विभिन्न सुझाव कार्यान्वयन हुँदै गएकाले आफू उत्साहित भएको धारणा व्यक्त गरेका अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ । 

    सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई सुदृढ गर्न सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको जानकारी गराएका थिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij