जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

आइतवार, आश्विन ६ २०८१
आइतवार, आश्विन ६ २०८१
  • जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

    काठमाडौं । जुवातास खेलेको आरोपमा सात जना पक्राउ परेका छन् । दक्षिणकाली नगरपालिका–३ पिखेलबाट प्रहरीले ७ जनालाई पक्राउ गरेको हो ।

    पिखेलस्थित जनक केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–३ बस्ने ५१ वर्षीय दिपककुमार केसीसमेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६० हजार ९ सय ५० रुपैयाँसहित पक्राउ गरेको हो ।

     यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij