धनकुटा । चौबिसे गाउँपालिका-६ धाराचोकस्थित सडकमा प्र.१-०२-०४४ प ८४५० नम्बरको मोटरसाइकल र को.३१ प ३१९६ मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा को.३१ प ३१९६ नम्बरको मोटरसाइकलमा सवार चौबिसे गाउँपालिका-६ बस्ने ३८ वर्षीय बल बहादुर चेम्जोङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बिपि कोइराला प्रतिष्ठान घोपा धरान सुनसरीमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले दुवै मोटरसाइकलका चालकलाई नियन्यत्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।