काठमाडौं । नेपाल प्रहरीका निवर्तमान एआईजी श्यामलाल ज्ञवालीसहित ५ जना अधिकृतहरूले सर्वोच्चमा दायर गरेको निवेदन फिर्ता लिएका छन् । अदालतले उमेर हदका कारण अवकाश नगर्न अन्तरिम आदेश नदिएपछि उच्च अधिकृतहरू पछि हटेका हुन् ।
उमेर हदका कारण अवकाश रोक्न माग गरेर ज्ञवालीसहित डिआइजीहरू यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बास्तोला र इन्स्पेक्टर नागेन्द्र ठाकुरले सर्वोच्चमा रिट दायर गरेका थिए । सो रिटमा न्यायाधीश सारङ्गा सुवेदीलेको इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो ।
सर्वोच्चमा दिएको निवेदन फिर्ता गरिपाऊँ भनी उनीहरूले निवेदन हालेका छन् ।
प्रहरी नियमावली-२०७१ अनुसार दर्जागत उमेरका कारण अवकाशमा जाने व्यवस्था छ । सोही अनुसार श्याम ज्ञवाली ५६ वर्षे उमेर हद पुरा गरेर भदौ २५ मा अवकाशमा गएका छन् । उच्च प्रहरी अधिकृतहरूले सो व्यवस्था हटाउन माग गरेका थिए ।