दुई लाख ८६ हजार आठ सय थान पटाका बरामद

दुई लाख ८६ हजार आठ सय थान पटाका बरामद

आइतवार, आश्विन ६ २०८१
आइतवार, आश्विन ६ २०८१
  • दुई लाख ८६ हजार आठ सय थान पटाका बरामद

    काभ्रेपलाञ्चोक ।  काभ्रेबाट प्रहरीले छब्बीस बाक्सा पटाका बरामद गरेको छ । बिपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङमा चेक जाँचका क्रममा प्रहरीले २६ बाक्सा पटाका बरामद गरेको हो । 

    नियमित सवारीसाधन जाँचका क्रममा शनिबार बेलुका सिराहाबाट भुस्सा बोकेर  काठमाडौँ आउँदै गरेको ना ५ ख ७१७९ नम्बरको ट्रकमा लुकाइछिपाई ल्याएको २६ बाक्सा पटाका बरामद गरिएको काभ्रे प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठकानुसार जोकर लेखिएको प्रतिप्याकेटमा ८० का दरले पाँच बाक्सामा चार सय प्याकेट, हाईस्पेड स्पिनर चक्र लेखिएको प्रतिबाक्सा दुई सय ४० बण्डलका दरले पाँच बाक्सामा गरी एक हजार २०० प्याकेट र प्रतिप्याकेट १५ पिसका दरले ४८ प्याकेटको सिङ्गल रकेट लेखिएको दुई बाक्सा बरामद भएको हो । 

    यस्तै, खुर्सानी  लेखिएको पटाका १४ बोरामा प्रतिबोरा १७–१८ का दरले जम्मा दुई सय ३९ बण्डल ९ प्रतिबण्डलमा ५० प्याकेट र प्रति प्याकेटमा २४ पिसका दरले गरी दुई लाख ८६ हजार आठ सय पिस बरामद गरिएको प्रहरीले जनाएको छ । ट्रकचालक भने फरार रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij