भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठ सम्मानित भएका छन् । लामो समय देखि स्वास्थ्य क्षेत्रमा सेवा उल्लेख योगदान पुर्याएको भन्दै रियलायन्स एजुकेशन नेटवर्कलले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा डा. श्रेष्ठलाई सम्मान गरेको हो ।
डा श्रेष्ठले नेपालमा एक हजार पाँच सय भन्दा बढी मृर्गौला र ३० वटा कलेजोको सफल प्रत्यारोपण गरेका छन् । साथै, मस्तिक मृत्यु पश्चात अङ्गदान तथा प्रत्यारोपण सेवालाई विस्तार गर्न र अंग फेल हुन बाट बचाउने जनचेतना मुलक कार्यक्रम गर्नुका साथै नेपाल सरकारको योजना अनुसार देशको सातै प्रदेशमा प्रत्यारोपण सेवालाई विस्तार गर्ने अभियानमा सक्रिय भूमिका निर्वाह गरको भन्दै उनलाई सम्मान गएिको हो ।
सम्मान ग्रहण पश्चात् कार्यक्रममा बोल्दै डा.पुकार चन्द्र श्रेष्ठले अङ्ग फेल भएका र अंग नपाएर प्रत्यारोपण गर्न नपाइ मृत्यू बरणसम्म गर्नु पर्ने बाध्यताको अन्त गर्न विद्यार्थीहरुको अझ बढी भूमिका रहने कुरा उल्लेख गरे । अंग दान र मस्तिष्क मृत्यू पश्चात प्राप्त हुने अंग प्रत्यारोपण कार्यलाई व्यापक बृद्धि गर्न सबैमा अनुरोध गरे ।
आफु दुर्गम स्थानबाट अध्ययन गरी काठमाडौं उच्च हासिल गरेर पनि विश्वकै प्रतिष्ठत अस्पतालहरुमा प्रशिक्षण लिन सफल भएको र उक्त ज्ञान सीप स्वदेशमा लगाउन पाउँदा अंग फेल गरीब नेपाली दाजु भाई दिदी बहिनीहरु लाई प्रत्यारोपण गरी पुनर्जिवन दिलाउन सकेकोमा सन्तोष व्यक्त गरे ।
डा श्रेष्ठको शब्दमा नेपाल अवसरहरुको देश हो र युवा युवतिहरुले सच्चा मन बचन र कर्मले योगदान दिएमा यो देशको कायापलट हुने र विदेश गएर परदेशी विताउनु पर्ने वाध्यताको अन्त्य हुने विस्वास गरे ।
सम्मान स्वरुप प्राप्त गरेको रकम अंग फेल भएकाहरुको सेवामा समर्पित स्वास्थ्य अभियान नेपाललाई हस्तान्तरण गरेका थिए ।
सोही कार्यक्रमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र स्वास्थ्य अभियान नेपाल, ललिपुरको संयुक्त आयोजनामा निःशुल्क अंगदान शिविरको समेत आयोजना गरिएको थियो ।