पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

शनिवार, आश्विन ५ २०८१
शनिवार, आश्विन ५ २०८१
  • पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

    काठमाडौं । ताप्लेजुङमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार जमेको पानीको दहमा पौडी खेल्ने क्रममा जिल्लाको मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रा मैखुका २१ वर्षीय लाक्पा शेर्पाको मृत्यु भएको हो । 

    मेवाखोलामा निर्माणाधीन युनाइटेड मेवा हाइड्रोपावरमा कार्यरत मजदुर रहेका शेर्पाको दहमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएकाे छ । 

    प्रहरी का अनुसार हाइड्रोपावरको निर्माणस्थल सोही गाउँपालिका वडा ३ खाम्लुङको माटेमा पौडी खेल्दा डुबेर शेर्पाको मृत्यु भएको छ । सान्थाक्रास्थित अस्थायी प्रहरी चौकीको प्रहरी टोली र स्थानीयले दहबाट शेर्पाको शव निकालेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij