न्यूयोर्क पुगे प्रधानमन्त्री ओली, भारतीय समकक्षी मोदीसँग द्विपक्षीय भेटवार्ता हुने

न्यूयोर्क पुगे प्रधानमन्त्री ओली, भारतीय समकक्षी मोदीसँग द्विपक्षीय भेटवार्ता हुने

शनिवार, आश्विन ५ २०८१
शनिवार, आश्विन ५ २०८१
  • न्यूयोर्क पुगे प्रधानमन्त्री ओली, भारतीय समकक्षी मोदीसँग द्विपक्षीय भेटवार्ता हुने

    काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री केपी शर्मा ओली गएराति न्यूयोर्क पुगेका छन् ।

    प्रधानमन्त्री ओलीलाई जोनएफ केनडी अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्र सङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक राजदूत कुमार खरेललगायतले स्वागत गरे । प्रधानमन्त्री ओलीले भोलि समिट अफ द फ्यूचर’ सम्मेलनलाई र असोज १० मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

    यसैगरी उनले महासभामा सहभागी विभिन्न देशका प्रतिनिधि तथा विकास साझेदारसँग 'साइडलाइन' वार्ता गर्नेछन् । न्यूयोर्कमा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच पनि द्विपक्षीय भेटवार्ता हुने भएको छ । दुई प्रधानमन्त्रीबीच भेटवार्ताका लागि यसअघि नेपाली पक्षले विभिन्न तहबाट पहल गदै आएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij