दशैं सुरु हुनु अगाडि नै सबै सडक मर्मत गर्न सडक विभागलाई निर्देशन

दशैं सुरु हुनु अगाडि नै सबै सडक मर्मत गर्न सडक विभागलाई निर्देशन

शनिवार, आश्विन ५ २०८१
शनिवार, आश्विन ५ २०८१
  • दशैं सुरु हुनु अगाडि नै सबै सडक मर्मत गर्न सडक विभागलाई निर्देशन

    काठमाडौं । दशैं नजिकिदै जाँदा देशभरका सबै सडक घटस्थापना अगाडि नै मर्मत सम्भार गरी यातायात सुचारु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक विभागलाई निर्देशन दिएका छन् । शनिबार बिहान मन्त्रालयमा यातायात व्यवसायीहरूको उपस्थितिमा दशैं, तिहार, छठमा यातायातलाई कसरी सहज गर्ने भन्नेबारे भएको छलफलबाट ७ बुँदे सहमति गरिएको छ ।

    सहमति अनुसार यात्रुहरूको यात्रा सुनिश्चित गर्न यातायात व्यवस्था विभागसँग छलफल गरी छिटो अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको छ ।

    त्यस्तै इन्धनको मूल्यबाहेक अन्य कारणले गर्नुपर्ने समायोजन विगत तीन वर्षदेखि नभएको सन्दर्भमा आवश्यक तयारी गरी छठ पछिको हप्तामा भाडादर समायोजन गर्न यायाताय व्यवस्था विभागलाई निर्देशन दिने निर्णय भएको छ ।

    अग्रिम टिकट बुकिङ खोल्नेबारे यातायात व्यवस्था विभागसँग छलफल गरेर केही दिनभित्रमै निर्णय गरिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

    त्यस्तै बीपी राजमार्गमा सडक सुरक्षाका लागि पूर्व निर्धारित प्रकारका सवारीसाधन मात्र चलाउन एवं रात्री सवारी सञ्चालन नगर्ने विषय प्रभावकारी रुपमा लागू गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको जनाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij