काठमाडौं । सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग पनि बयान लिएको थियो ।
समितिमा लामिछानेले आफू संलग्न नभएको कारोबार तथा विषयको जिम्मेवारी कसरी लिने भन्दै बयान दिएका छन् । ‘सहकारी संस्थामा भएका कुनै पनि आर्थिक क्रियाकलापमा मेरो कुनै संलग्नता छैन र मेरो जानकारी पनि छैन । म लगायत धेरै व्यक्तिहरूको नाममा नक्कली खाता बनाइ कारोबार गरेको अनुसन्धानले नै प्रमाणित गरेको देखिएको हुँदा उक्त कार्य गर्ने व्यक्ति नै जिम्मेवार हुनुपर्छ । मेरो संलग्नता नभएको विषयमा मैले जिम्मेवारी कसरी लिने ?,’ रविले बयान दिएका छन् ।
बयानका क्रममा लामिछानेले गोरखा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशकको हैसियतले पारिश्रमिकबापत मासिक ५ लाख लिएको बताएका छन्। समितिले उनलाई गोरखा मिडिया नेटवर्क प्रालि मा २०७७ चैत १८ गते १ करोड ८० लाखको सेयर लगानी गरेको बारे सोधेको थियो।
उनले आफ्नो सेयरलाई स्वेट इक्विटी भनिने र त्यसमा १५ प्रतिशत अफर गरिएको जवाफ दिएका थिए। ‘प्रचलित कानूनमा स्वेट शेयरको प्रबन्ध नभएको हुनाले त्यो व्यवस्थापन गर्ने जिम्मा जिबि राईले लिनुभयो। मेरो काम कार्यक्रम र समाचारमा केन्द्रित थियो, त्यसैमा केन्द्रित भएँ। बाँकी वित्तीय विषयहरू मिलाउने जिम्मा जिबी राईले लिनुभयो। पारिश्रमिकवापत मैले मासिक ५ लाख लिएको थिएँ र मैले एड्भान्स ७५ लाख पनि लिएको थिएँ जुन स्वेट ईक्विटीको प्रक्रियाका लागि गोरखा मिडिया नेटवर्क प्रालि मै डिपोजिट गरिदिएको थिएँ। मेरो खातामा कुनै सहकारीबाट रकम आएको छैन,’ उनले जबाफमा भनेका छन्।
उनलाई ५१ प्रश्न सोधिएको थियो । उनले आफूलाई दोषी देखाउने होडमा सहकारी समस्या जटिल बनाएको दाबी बयानका क्रममा गरेका छन् ।
समितिले सोधको प्रश्न र लामिछानेले लिएको जवाफ यस्तो रहेको छः