काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । सूर्य थापा नेतृत्वमा रहेको समितिले पूर्ण प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो ।
उक्त प्रतिवेदन भदौ ३१ गते सोमबार प्रतिनिधिसभाको बैठकमा पेस गरिएको थियो । आज शुक्रबार संघीय संसद् सचिवालयले आफ्नो वेबसाइटमार्फत प्रतिवेदन सार्वजनिक गरेको हो ।
सभामुख देवराज घिमिरेले यो प्रतिवेदन प्रतिनिधि सभाको बैठकमा पेस भएकै दिन कार्यान्वयनका लागि सरकारलाई पठाएका थिए । यता भदौ २ गते बुधवार बसेको मन्त्रिपरिषद् बैठकले पनि प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरिसकेको छ ।
एमाले सांसद सूर्य थापा संयोजकत्वको छानबिन समितिले सहकारी संस्थाको रकम कानुन विपरीत गोरखा मिडिया नेटवर्क प्रालिमा लगानी गरेको भन्दै प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सदस्य कुमार रम्तेल, प्रालिका तत्कालीन प्रबन्ध निर्देशक एवम् रास्वपा सभापति रवि लामिछाने र सञ्चालक छविराज जोशीलाई कारबाही सिफारिस गरेको छ ।
छानबिन समितिले सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी, सहारा र सानोपाइला सहकारीबाट कानुन विपरीत गोर्खा मिडियामा रकम प्रवाह भएको प्रष्ट किटान गरेको छ । सञ्चालक तथा निर्णय प्रक्रियामा संलग्नलाई कारबाही गर्न प्रतिवेदनमा भनिएको छ ।
सहकारी छानबिन समितिकोपूर्ण प्रतिवेदन पढ्न यहाँ क्लिकगर्नुहोला