लागु औषध लिन ट्याक्सी लिएर नागढुंगा पुगेका तीन युवा पक्राउ

लागु औषध लिन ट्याक्सी लिएर नागढुंगा पुगेका तीन युवा पक्राउ

शुक्रवार, आश्विन ४ २०८१
शुक्रवार, आश्विन ४ २०८१
  • लागु औषध लिन ट्याक्सी लिएर नागढुंगा पुगेका तीन युवा पक्राउ

    काठमाडौं । अवैध लागु औषध खैरो हेरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लागु औषध ल्याउनेदेखि रिसिभ (लिन) ट्याक्सी लिएर पुग्ने समेत रहेका छन् ।

    प्रहरी वृत्त थानकोटको टोलीले सिरहाको लहान नगरपालिका–१७ का २२ वर्षीय शिव शंकर ठाकुर, सोही ठाउँका २४ वर्षीय अर्जुन कुमार यादव र लहान–४ का २८ वर्षीय संजिवकुमार यादव रहेका छन् ।

    शिव र अर्जुन सिरहाबाट लागु औषध खैरो हेराइन ल्याउने व्यक्ति हुन् भने संजिव उक्त खैरो हेरोइन लिन ट्याक्सी लिएर नागढुंगा पुग्ने व्यक्ति हुन् ।

    उनीहरुले ल्याएको लागु औषध रिसिभ गर्न संजिव बा २ ज ७१६५ नम्बरको भाडाको ट्याक्सी लिएर नागढुंगा पुगेका थिए । उनीहरुलाई बिहीबार ६ बजेतिर प्रहरीले पक्राउ परेको हो ।

    सिरहाबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७२८ नम्बरको यात्रुबहाक बसबाट उनीहरु पक्राउ परेका हुन् । उनीहरुबाट ३७ ग्राम खैरो हेराइन बरामद भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij