काठमाडौं । संविधान दिवसको अवसरमा बिहीबार दरबारमार्गमा आयोजित ‘नेसनल डे कन्सर्ट’मा धकेला–धकेल गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा १९ वर्षीय तिलक खड्का रहेका छन् ।
पक्राउ परेका खड्का ज्यान मार्ने उद्योगका प्रतिवादी समेत रहेको पाइएको प्रहरीले जनाएके छ ।
पक्राउ परेका युवकलाई प्रहरी वृत्त दरबारमार्गमा राखिएको छ । उनी त्रिचन्द्र कलेजका विद्यार्थी हुन् । गत जेठमा कलेजमा साथीहरु सामान्य विवाद हुँदा उनले अर्का विद्यार्थीलाई आक्रमण गरेको आरोप छ ।