काठमाडौं । दुर्गा प्रसाई विरुद्ध जारी गरिएको पक्राउ पुर्जी विरुद्ध नागरिक बचाउँ अभियानले सर्लाहीमा पुर्व पश्चिम राजमार्ग अवरुद्ध गरेको छ ।
नागरिक बचाँउ अभियानले सर्लाहीको लालबन्दीमा हिजो बिहीबार आयोजना गरेको आम सभामा सहभागी हुन आउने भनिएका प्रसाई विरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा पक्राउ पुर्जी जारी गरिएपछि आमसभामा सहभागी हुन आएका उनका समर्थकहरुले सांकेतिक विरोध स्वरुप करिब आधा घण्टा पुर्व पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी बजार क्षेत्रमा चक्का जाम गरेका हुन ।
उनका समर्थकहरुले दुर्गा प्रसाई जिन्दावाद भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए ।