बुटवलमा कुलोमा खसेर ४ वर्षीया बालिकाको मृत्यु

बुटवलमा कुलोमा खसेर ४ वर्षीया बालिकाको मृत्यु

बिहिवार, आश्विन ३ २०८१
बिहिवार, आश्विन ३ २०८१
  • बुटवलमा कुलोमा खसेर ४ वर्षीया बालिकाको मृत्यु

    काठमाडौं । बुटवलमा एक बालिकाको मृत्यु भएको छ । बुटवलको सोह्र छत्तीस कुलो नजिकै घर भएकी बुटवल-११ तिनकुने बस्ने ४ वर्षीया विविशा खरेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितका अनुसार बिहीबार बिहान ११ बजेर ४५ मिनेटमा खेल्ने क्रममा उनी कुलोमा खसेकी थिइन् । बालिकाको उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको थियो । विविशाको उपचारको क्रममा दिउँसो पौने १ बजे अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएकाे छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij