अन्नपूर्ण न्युरो अस्पताललाई फोहर व्यवस्थापन गराउन महानगरले दियो ७ दिनको समय

अन्नपूर्ण न्युरो अस्पताललाई फोहर व्यवस्थापन गराउन महानगरले दियो ७ दिनको समय

बिहिवार, आश्विन ३ २०८१
बिहिवार, आश्विन ३ २०८१
  • अन्नपूर्ण न्युरो अस्पताललाई फोहर व्यवस्थापन गराउन महानगरले दियो ७ दिनको समय

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले अन्नपूर्ण न्युरो अस्पताललाई हानिकारक फोहर व्यवस्थापन गराउन सात दिनको समय दिएको छ । महानगरको अनुगमन गर्ने टोलीले अस्पतालमा विभिन्न फोहोर वस्तुहरू नियमित रूपमा व्यवस्थापन नभएको भेटिएपछि अस्पताललाई सोही फोहोरलाई संकलन गर्न सात दिनको समय दिएको हो ।

    महानगरको अनुगमन टोलीले फोहर उत्पादन स्थल, उत्पादन हुँदा वर्गीकरण, फोहर जम्मा गर्ने, जम्मा भएको फोहर संकलन केन्द्रसम्म ढुवानी, निर्मलीकरण र अन्तिम व्यवस्थापनमा हानीकारक फोहरको अवस्था हेरेको थियो । 

    अनुगमनका टोलीले अस्पतालमा फोहर व्यवस्थापनका लागि आफ्नो कार्य योजना नबनाएको आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, वार्ड, प्रयोगशालासहितका स्थानमा हेर्दा फोहर वर्गीकरणमा एकरूपता नदेखिएको बताएको छ ।

    यस्तै सर्वसाधारणहरूले पनि कुन बिनमा कुन फोहर राख्ने भन्ने जान्न हानिकारक फोहर निर्मलीकरण गर्ने प्रविधि जडान गरिएको तर यो प्रविधिबाट निर्मलीकरण भएको फोहर जोखिममुक्त भयो कि भएन भनेर भन्न सक्ने अवस्था नभएको अनुगमन टोलीले जनाएको छ ।

    विक्री योग्य फोहर राखिएको ठाउँमा कालो प्लास्टिकमा पोको बनाइ राखेको पाइएको महानगरले जनाएको छ ।

    यो अवस्था देखिसकेपछि अनुगमन टोलीले हानीकारक फोहरलाई सामान्य फोहरमा मिसिनबाट रोक्न, संक्रमित फोहर निर्मलीकरणको प्रबन्धमा सामान्य फोहर हटाउन, अस्पताल सञ्चालन अनुमति लिँदा पेश गरिएको क्षेत्र विभाजन सम्बन्धी कागजपत्र पेश गर्न निर्देशन दिएको छ । 

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij