जिपसँग ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु

जिपसँग ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु

बुधवार, आश्विन २ २०८१
बुधवार, आश्विन २ २०८१
  • जिपसँग ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु

    काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–५ बिजौरास्थित सडकमा जिप र मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको ज्यान गएको छ ।

    सुपप्र०१–००१ च ४०४६ नम्बरको जिप र सुप प्र ०१–०१२ प ५६३४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक गोदावरी नगरपालिका–६ बस्ने २६ वर्षीय सुनिल डगौराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij