संविधान दिवसको अवसरमा लुम्विनीका १२ अस्पतालमा प्रयोगशाला परीक्षण र आकस्मिक टिकट नि : शुल्क

संविधान दिवसको अवसरमा लुम्विनीका १२ अस्पतालमा प्रयोगशाला परीक्षण र आकस्मिक टिकट नि : शुल्क

बुधवार, आश्विन २ २०८१
बुधवार, आश्विन २ २०८१
  • संविधान दिवसको अवसरमा लुम्विनीका १२ अस्पतालमा प्रयोगशाला परीक्षण र आकस्मिक टिकट नि : शुल्क

    काठमाडौं ।  संविधान दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले जिल्ला अस्पतालहरूमा प्रयोगशाला परीक्षण र आकस्मिक टिकट नि:शुल्क गरेको छ। असोज २ देखि ४ गतेसम्म विभिन्न कार्यक्रम गरेर प्रदेश सरकारले संविधान दिवस मनाउन लागेको हो ।

    विशेष कार्यक्रम गरी मनाउन थालिएको संविधान दिवसको अवसर पारेर बिहीबार प्रदेशका १२ वटै जिल्लाका सरकारी अस्पतालहरूमा बिरामीहरूको प्रयोगशाला परीक्षण र आकस्मिक टिकट निःशुल्क गर्ने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

    तीन दिनसम्म प्रदेशस्थित सबै सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा फहराउने, कार्यालय परिसरमा सरसफाइ गरिने, स्वास्थ्य मन्त्रालयको समन्वयमा स्वास्थ्य परिक्षण, रक्तदान लगायत कार्यक्रम हुने जनाइएको छ । ‘आज संविधान कार्यान्वयनको पहिलो दशक : उपलब्धि र चुनौती’ विषयमा विज्ञसंग छलफल हुँदैछ । प्रदेश राजधानी परिसरमा कार्यक्रम आयोजना गरिएको हो ।

    यस्तै आम नागरिकलाई तीन दिन आ–आफ्नो घरको छत, बरण्डामा दिपावली गर्न पनि सरकारले आह्वान गरेको छ । असोज ३ गते संविधान दिवसको मुल समारोह अन्तर्गत प्रदेश राजधानीमा विभिन्न सांस्कृतिक झाँकी सहित बिहान प्रभातफेरी आयोजना गरिएको छ ।

    यस्तै असोज ४ गते प्रदेश सरकारका मन्त्रालय र निर्देशनालय तथा सरोकारवालाहरुको समन्वयमा वृहत वृक्षारोपण कार्यक्रम गरिने बताइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij