कार्यालयमै गएर टाँसियो पत्रकार महासंघको कार्यवाहक अध्यक्ष र महासचिव हराएको सूचना

कार्यालयमै गएर टाँसियो पत्रकार महासंघको कार्यवाहक अध्यक्ष र महासचिव हराएको सूचना

बुधवार, आश्विन २ २०८१
बुधवार, आश्विन २ २०८१
  • कार्यालयमै गएर टाँसियो पत्रकार महासंघको कार्यवाहक अध्यक्ष र महासचिव हराएको सूचना

    काठमाडौं । नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरी हराएको सूचना महासंघको कार्यालयमा नै टाँसिएको छ । सञ्चारग्राममा रहेको महासंघको कार्यालयमा ढोकामा कार्यवाहक अध्यक्ष र महासचिवको तस्बिर फ्ल्याक्स प्रिष्ट गरेर टाँसिएको हो ।

    सूचनामा गैर पत्रकारलाई सदस्यता वितरण गरेको दिन २०८१ भदौ २९ गतेदेखि हराएको भन्दै भेट्नु हुने महानुभावले आफ्नो नजिकको क्रियाशील पत्रकार वा पत्रकार महासंघको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

    पत्रकार महासंघले भदौ २९ गते असोज १२ गते महासंघको निर्वाचन गर्ने गरी निर्वाचन कार्यतालिका र मतदाता नामावली सार्वजनिक गरेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij