गोरखामा डेंगुबाट एक जनाको मृत्यु

गोरखामा डेंगुबाट एक जनाको मृत्यु

मंगलवार, आश्विन १ २०८१
मंगलवार, आश्विन १ २०८१
  • गोरखामा डेंगुबाट एक जनाको मृत्यु

    काठमाडौं । गोरखाामा डेंगुबाट एक जनाको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा गोरखा नगरपालिका ११ बरथोकका ४७ वर्षीया राम प्रसाद अर्याल भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख याम प्रसाद शर्माले जानकारी दिए । गत भदौ २७ गते जिल्ला अस्पताल गोरखामा चेक जाँच गर्दा डेंगु पोजेटिभ भएपछि उनी केही दिनको गोरखा अस्पतालमा भर्ना भएका थिए । 

    तर, केही सुधार नआएपछि थप उपचारको लागि भरपुरको मेडिकल कलेजमा उपचारको क्रममा उनको सोमबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । 

    झण्डै दुई महिनाको अवधिमा गोरखामा ३७७ जनामा डेंगु सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख याम प्रसाद शर्माले बताए  ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij