भोटेकोशी नदीमा खसेको गाडी चालकको शव सुनकोशीमा भेटियो

भोटेकोशी नदीमा खसेको गाडी चालकको शव सुनकोशीमा भेटियो

मंगलवार, आश्विन १ २०८१
मंगलवार, आश्विन १ २०८१
  • भोटेकोशी नदीमा खसेको गाडी चालकको शव सुनकोशीमा भेटियो

    काठमाडौं । भोटेकोशी नदीमा बोलेरो जिपसहित बेपत्ता भएका चालकको शव सुनकोशी नदीमा फेला परेको छ । भदौ २८ गते सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ ढुंगाखानीस्थित सडकबाट बोलेरो जिप भोटेकोशीमा खसेको थियो ।

    उक्त गाडीका चालक भोटेकोशी गाउँपालिका–५ सानु तामाङको शव सशस्त्रको टोलीले सोमबार सिन्धुलीको फिक्कल गाउँपालिका–६ स्थित सुनकोशी नदीबाट निकालेको थियो ।

    तामाङको शव उनका आफन्तले सनाखत गरेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल राखिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij