प्रकाशमान सिंह राउत प्रधानन्यायधीशमा सिफारिस

प्रकाशमान सिंह राउत प्रधानन्यायधीशमा सिफारिस

सोमवार, भाद्र ३१ २०८१
सोमवार, भाद्र ३१ २०८१
  • प्रकाशमान सिंह राउत प्रधानन्यायधीशमा सिफारिस

    काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठताका आधारमा राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो ।

    प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको पदावधि २० असोजमा सकिँदै छ । प्रधानन्यायाधीशले अवकास पाउनुभन्दा एक महिनाअघि भावी प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउनु पर्ने व्यवस्था छ । सोहीअनुसार संवैधानिक परिषद्को बैठकले राउतको नाम सिफारिस गरेको हो ।

    प्रधानन्यायाधीशका लागि न्याय परिषद्ले ८ जना सम्भावित न्यायाधीशहरूको सूची संवैधानिक परिषद्‌मा पठाएको थियो । जसमा राउतसँगै न्यायाधीशहरू सपनाप्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी थिए ।

    अब संसद्को संसदीय सुनुवाइ समितिले राउतको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले उनलाई नियुक्त गर्ने छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij