चार जिल्लामा ३३५ किलोमिटर हुलाकी सडक निर्माण

चार जिल्लामा ३३५ किलोमिटर हुलाकी सडक निर्माण

सोमवार, भाद्र ३१ २०८१
सोमवार, भाद्र ३१ २०८१
  • चार जिल्लामा ३३५ किलोमिटर हुलाकी सडक निर्माण

    जनकपुरधाम । मधेश प्रदेशको चार जिल्लामा ८ अर्ब ५१ करोड ७९ लाख रुपैयाँको लागतमा ३ सय ३५ किलोमिटर हुलाकी सडक निमार्ण गरिएको छ । आर्थिक वर्ष २०७२/७३ देखि आर्थिक बर्ष २०८०/८१ सम्ममा उक्त हुलाकी सडक निर्माण गरिएको हो । केही ठाउँमा थप सडक निमार्ण गर्ने कार्य भइरहेको छ । 

    प्रदेशका धनुषा, महोत्तरी, सिरहा र सर्लाहीमा हुलाकी सडक निर्माण गरिएको हो । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका सूचना अधिकारी रञ्जीतकुमार रायका अनुसार ती चार जिल्लामा कूल ३ सय ९३ किमी सडक निमार्ण गर्ने लक्ष्य थियो । यस क्रममा साना तथा ठूला गरी ५१ पक्की पुल  निर्माण गरिएका छन् । 

    हुलाकी सडक निमार्ण कार्य नेपाल तथा भारत सरकारको  लगानीमा भइरहेको कार्यालय प्रमुख कृष्णकुमार महतोले जानकारी दिए । हुलाकी सडक निर्माणबाट करिब ३६ लाख नागरिक लाभान्वित हुने उनले बताए । “हुलाकी सडक छेउछाउका जमिनको मूल्य आकासिएको छ, राजमार्गमा पर्ने ठूला तथा साना बजार आर्थिकरुपले समृद्ध हुँदै गएका छन् । राजमार्गमा  सवारी साधनको आवागमनमा वृद्धि भएको छ”, उनले भने ।
     
    कार्यालयबाट प्राप्त विवरणअनुसार निमार्ण भएको हुलाकी सडकमध्ये सिरहामा २९.९८ किलोमिटर (कमला–बलान सडक), २७.४६ किलोमिटरको गोलबजार जमदह लवदी र गरियानी खडग सडक, धनुषामा ३५.५८ किलोमिटरको कदम चौक–कप्टौल–निकौरिया सडक, १० किलोमिटरको यदुकोहा– खजुरीमहुवा सडक तथा १०.२६ किलोमिटरको जनकपुरधाम–जलेश्वर भिठ्ठामोड सडक रहेका छन् ।

    यसैगरी महोत्तरीमा निर्माण भएका सडकमा २० किलोमिटर लामो जनकपुर–बसविटी–वलुवा–हर्दिपोखर–भिण्डा–सङ्ग्रामपुर सडक निमार्ण गरिएको छ । सर्लाहीमा २२.४८ किलोमिटर लामो वेल्हीत्रिभुवन नगर सडक, २१.२० किलोमिटर लामो  फुलजोड–त्रिभुवन नगर सडक तथा ४०.३७ किलोमिटर लामो शितलपुर–मलङ्गवा–खरैयाटोल सडक, २६.५९ किलोमिटर लामो नवलपुर–मलङ्गवा तथा ४०.५८ किलोमिटर लामो नयाँ रोड–बरहथवा र मधुवनी सडक तथा बरहथावादेखि पश्चिम ५२ किलोमिटर सडक निर्माण सम्पन्न भएका छन् ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij