सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित छानबिन समितिको प्रतिवेदन पेस हुँदै

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित छानबिन समितिको प्रतिवेदन पेस हुँदै

सोमवार, भाद्र ३१ २०८१
सोमवार, भाद्र ३१ २०८१
  • सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित छानबिन समितिको प्रतिवेदन पेस हुँदै

    काठमाडौं । सहकारीको रकम अपचलन सम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदन आजको संसद् बैठकमा पेश हुने भएको छ । संसद् सचिवालयले सहकारी छानबिन समितिको प्रतिवेदन संसद्मा पेश गर्ने कार्यसूची सार्वजनिक गरेको हो ।

    ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबीन विशेष समितिका सभापति माननीय सभापति सूर्यबहादुर थापा क्षेत्रीले सहकारी संस्था बचत रकम दुरुपयोगा सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन–२०८१ पेश गर्नुहुने’ कार्यसूचीको दोस्रो नम्बरमा राखिएको छ ।

    त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८०’ प्रतिनिधिसभामा पेस गर्नुहुनेछ । आजको कार्यसूचीअनुसार कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको विधायन विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव पेश गर्नेछ । 

    कानूनमन्त्री चौरसियाले आजै विधायन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने पनि कार्यसूची रहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij