काठमाडौं । आइतबार राति करिब साढे ८ बजेको समयमा रुद्रमतीमा खसेको ट्याक्सी आज यूएन पार्कअगाडि फेला परेको छ । बा.२. ज. १७९२ नं. हिजो काठमाडौं महानगरपालिका–२९ मदन भण्डारी कलेजअगाडि रुद्रमतीमा खसेर बेपत्ता भएको थियो । ट्याक्सी चालक ३३ वर्षीय उर्गेन लामालाई भने सकुशल उद्धार गरिएको थियो ।
सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार गणबाट २ जना गोताखोरसहित खटिएको ११ जनाको टोलीले आज बिहान काठमाडौं महानगरपालिका–११, थापाथलीस्थित यूएन पार्कअगाडि उक्त ट्याक्सी फेला पारेको हो ।
वाग्मतीमा डुबिरहेको अवस्थामा रहेको ट्याक्सी निकाल्न सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार गणबाट सहायक प्रहरी निरीक्षक समिप श्रेष्ठको कमान्डमा ११ जना (२ जना गोताखोर) को टोली खटिएको थियो ।