एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा असोज पहिलो साता आउने

एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा असोज पहिलो साता आउने

सोमवार, भाद्र ३१ २०८१
सोमवार, भाद्र ३१ २०८१
  • एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा असोज पहिलो साता आउने

    भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को ग्रेडवृद्धि परीक्षाको नतिजा असोज पहिलो साता सार्वजनिक गर्ने भएको छ । असोज पहिलो साता नतिजा निकाल्ने गरी तयारी भइरहेको बाेर्डले जनाएकाे छ । 

    गएको साउन २३ देखि ३१ गतेसम्म सञ्चालित परीक्षामा नियमिततर्फ ननग्रेडेड भएका सबै विद्यार्थी सहभागी थिए । ०८० को एसईईमा सहभागी चार लाख ६४ हजार ७८५ विद्यार्थीमध्ये दुई लाख ४२ हजार ३१३ जना ननग्रेडेड भएका थिए ।

    तीमध्ये एक विषयमा मात्र ६७ हजार ७९६ विद्यार्थी अनुत्तीर्ण भएका थिए । दुई विषयमा ननग्रेडेड भएका विद्यार्थी ४८ हजार ३८ थिए । एक लाख २६ हजार २९७ विद्यार्थी दुईभन्दा बढी विषयमा ननग्रेडेड भएका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij