प्रस्तावित १७ राजदूतबारे असोज २ गते मात्रै निर्णय आउने

प्रस्तावित १७ राजदूतबारे असोज २ गते मात्रै निर्णय आउने

सोमवार, भाद्र ३१ २०८१
सोमवार, भाद्र ३१ २०८१
  • प्रस्तावित १७ राजदूतबारे असोज २ गते मात्रै निर्णय आउने

    काठमाडौं । प्रस्तावित राजदूतबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक असोज २ गतेलाई बोलाइएको छ । समिति सदस्य ईश्वरी घर्तीमगरका अनुसार बैठक २ गते ११ बजे सिंहदरबारमा बस्ने गरि बोलाइएको हो । 

    प्रस्तावित १७ जना राजदूतको सुनुवाइ सकिएपछि अन्तिम निर्णयका लागि आइतबार बैठक बोलाइएको थियो । तर, प्रतिनिधिसभाको बैठकका कारण समय नपुग्ने भन्दै सुनुवाइ समितिको बैठक अचानक स्थगित गरिएको थियो ।

    सुनुवाइ समितिले प्रस्तावित राजदूतको सुनुवाइ गरेपछि परराष्ट्रमन्त्री आरजु राणा देउवासँग पनि छलफल गरेको थियो । उनीसँग विशेष गरी राजदूतको सिफारिस समावेशी नभएको बारे छलफल भएको थियो ।

    त्यस्तै समितिले प्रस्तावित राजदूतबारे परेको उजुरीलाई लिएर कानुनका जानकारसँग पनि छलफल गरेको थियो । प्रस्तावित राजदूतमध्ये मलेसियाका लागि डा नेत्रप्रसाद तिम्सिना, भारतका लागि शंकरप्रसाद शर्मा र इजरायलका लागि धनप्रसाद पण्डित र दक्षिण अफ्रिकाका लागि सिफारिस भएका कपिल श्रेष्ठविरुद्ध उजुरी परेका छन् । 

    उजुरी परेका राजदूतबारे के गर्ने भन्नेमा समिति सदस्यहरू निष्कर्षमा पुगिसकेका छैनन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij