काठमाडौं । काठमाडौंबाट चितवनको भरतपुर उड्ने तयारीमा रहेको बुध्द एयरको जहाजमा प्राविधिक समस्या देखिएको छ । जहाजमा समस्या देखिएपछि ट्याक्सी वे ‘इको’मा रोकेर यात्रुहरुलाई ओरालिएको छ ।
बुद्ध एयरको नाइन एन–एआईटी जहाज बिहान ७ बजेर १५ मिनेटमा उड्ने तयारी रहेको विमानमा समस्या देखिएपछि उडान रद्द गरिएको हो ।
जहाजमा समस्या देखिएपछि ट्याक्सी वे रोकेर यात्रुहरुलाई ओरालिएको थियो । यो जहालले गर्दा अन्य जहाजलाई पनि केही समय उडानमा समस्या परेको जनाइएको छ ।
अवतरणमा समस्या नभए पनि आन्तरिक उडानका जहाजहरु उड्न ढिला भइरहेको जनाइएको छ ।