बोलेरो दुर्घटनामा २ को मृत्यु, ४ जना घाइते

बोलेरो दुर्घटनामा २ को मृत्यु, ४ जना घाइते

सोमवार, भाद्र ३१ २०८१
सोमवार, भाद्र ३१ २०८१
  • बोलेरो दुर्घटनामा २ को मृत्यु, ४ जना घाइते

    काठमाडौं । दोलखामा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । थप चार जना घाईते भएका छन् । जिल्लाको गौरीशंकर गाउँपालिका– ४ झ्याकुमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । 

    वागमती प्रदेशको बा २० च ७२६६ नम्बरको बोलेरो आइतबार बेलुकी ५: ३० बजे दुर्घटना हुँदा गौरीशंकर गाउँपालिका- ३ की ७५ वर्षीय काली शेर्पा र सोही ठाउँ बस्ने ६० वर्षीय पसी शेर्पाको मृत्यु भएको हो । 

    जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार दुर्घटनामा सोही ठाउँ बस्ने चालक ३५ वर्षीय मिङमार तामाङ, बोलेरोमा सवार ३५ वर्षीय निङमा शेर्पा, ६५ वर्षीय अनसु शेर्पा र २२ वर्षी डोम्म शेर्पा घाइते भएका छन् । घाइतेहरूलाई सिंगटी प्राथमिक अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij