काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत फेरिए

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत फेरिए

आइतवार, भाद्र ३० २०८१
आइतवार, भाद्र ३० २०८१
  • काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत फेरिए

    काठमाडौं । सरकारले काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४० जना सहसचिवको सरुवा गर्ने क्रममा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरेको हो ।

    परियारको सरुवा गरेसँगै रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सरोजप्रसाद गुरागाईको सरुवा भएको छ ।

    सरुवा सूची अनुसार पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्याकृष्ण थापाको गृह मन्त्रालयमा सरुवा भएको छ भने राष्ट्रिय दलित आयोगका सचिव शिवराज चौलागाईलाई पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर सरुवा गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij