मकवानपुरबाट २२३ किलो गाँजासहित २ जना पक्राउ

मकवानपुरबाट २२३ किलो गाँजासहित २ जना पक्राउ

आइतवार, भाद्र ३० २०८१
आइतवार, भाद्र ३० २०८१
  • मकवानपुरबाट २२३ किलो गाँजासहित २ जना पक्राउ

    काठमाडौं । मकवानपुरमा २२३ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । 

    आइतबार बिहान ५ बजे हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट दुई जनालाई २२३ किलो गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    हेटौडाबाट पथलैया जाँदै गरेको बा २१ च ५२२६ नम्‍बरको गाडीबाट उक्त गाँजा फेला परेको हो । 

    चालक धादिङ थाक्रे गाउँपालिका-४ बस्ने ३४ वर्षीय जीवन मगर र गाडीमा सवार ३० वर्षीय प्रदिप क्षेत्रीलाई पक्राउ गरेको हो ।

    मकवानपुर जिल्ला अदालतबाट १० दिन  म्याद थप अनुमति लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij