मधेश प्रदेशमा भदौ ३१ गते सार्वजनिक बिदा

मधेश प्रदेशमा भदौ ३१ गते सार्वजनिक बिदा

शनिवार, भाद्र २९ २०८१
शनिवार, भाद्र २९ २०८१
  • मधेश प्रदेशमा भदौ ३१ गते सार्वजनिक बिदा

    काठमाडौं । मधेस प्रदेश सरकारले मुस्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा भदौ ३१ गते सार्वजनिक बिदा दिएको छ । गृह, सञ्चार तथा कानून मन्त्रालयले एक सूचना जारी गर्दै पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा भदौं ३१ गते सोमवार सार्वजनिक विदा दिने निर्णय भएको जानकारी गराएको हो ।

    मधेश प्रदेश सरकार (मन्त्रिपरिषद्) बाट २०८० चैत ११ मा पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा विदा दिने निर्णय गरिएको थियो । सोही आधारमा यसवर्ष पनि विदा दिने निर्णय गरिएको सूचनामा उल्लेख छ ।

    पैगम्बर मोहम्मद मुस्लिम धर्मका प्रवर्तक हुन् । उनको जन्मदिन विश्वभरका मुस्लिम समुदायले धुमधामका साथ मनाउने गरेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij