सुदूरपश्चिम सरकारले भदौ ३१ गते बजेट ल्याउने

सुदूरपश्चिम सरकारले भदौ ३१ गते बजेट ल्याउने

शनिवार, भाद्र २९ २०८१
शनिवार, भाद्र २९ २०८१
  • सुदूरपश्चिम सरकारले  भदौ ३१ गते बजेट ल्याउने

    काठमडौं । दूरपश्चिम प्रदेश सरकारले भदौ ३१ गते चालू आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले आज बिहान पत्रकार सम्मेलन गर्दै भदौ ३१ गते बजेट ल्याउने बताएका हुन् ।

    तत्कालीन सरकारले गत असार १ गते प्रदेश सभामा पेस गरेको बजेटमा सामान्य पुनरावलोकन गरेर चालु वर्षको बजेट ल्याउने उनले बताए ।

    सरकारले बनाएको मापदण्डका आधारमा बजेट ल्याइने शाहको भनाइ छ । सरकारले २५ लाख भन्दामाथि सिलिङ कायम गरी योजना छनोट गर्ने, कम बजेट विनियोजन गर्नुपर्ने योजना सशर्त अनुदानको रूपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने, प्रदेश सरकारबाट व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारीलाई बजेट तोकेर विनियोजन नगर्ने र प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समितिमार्फत नगरिने मापदण्ड बनाएको छ ।

    तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले असार १ गते प्रदेश सभामा बजेट पेस गरेको थियो तर राजनीतिक समीकरण फेरिएपछि बजेट पारित हुन सकेको थिएन ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij