सुनको मूल्यमा यो साता पनि रेकर्ड

सुनको मूल्यमा यो साता पनि रेकर्ड

शनिवार, भाद्र २९ २०८१
शनिवार, भाद्र २९ २०८१
  • सुनको मूल्यमा यो साता पनि रेकर्ड

    काठमाडौं । सुनको मुल्यले नयाँ रेकर्ड कायम गरिरहेको छ । यो साता पनि सुनको मुल्यले नयाँ रेकर्ड बनाएको हो । सोहि क्रममा, शुक्रबार सुन तोलाकै १ लाख ५६ हजार ३ सय रूपैयाँको उचाइमा पुगेको छ ।

    साताको चोथो दिन, बुधबार रेकर्ड कायम गरेको मुल्य साताको पछिल्लो कारोबार भएको दिन, शुक्रबार पुनः ऐतिहासिक रेकर्ड कायम गरेको हो । यसरी, नेपाली बजारमा पनि यो साता सुनको मुल्यले रेकर्ड पछि रेकर्ड कायम गर्यो । साताभरमा भने सुन ४ हजार २०० रूपैयाँले बढेको छ । 

    आइतबार सुन प्रतितोला एक लाख ५२ हजार १०० रुपैयाँ रहेको सुनको मुल्य सोमबार र मंगलबार बढेर प्रतितोला एक लाख ५२ हजार ४०० रूपैयाँ पुग्यो । तर, बुधबार भने सुनको मूल्य उच्च रेकर्ड राख्दै प्रतितोला एक लाख ५३ हजार ४०० रूपैयाँ पुग्यो । त्यसपछि बिहिबार भने सुनको भाउ सामान्य घटेर तोलाको एक लाख ५३ हजार ३०० रूपैयाँमा झरेको थियो । यद्धपी सुनको मुल्यले शुक्रबार पुनः अर्को रेकर्ड कायम गर्यो । यस दिन सुन  तोलाकै एक लाख ५६ हजार ३०० रूपैयाँको उचस्तरमा कारोबार भयो । यो मुल्य साताको पहिलो दिनको तुलनामा पछिल्लो कारोबार भएको दिन शुक्रबार तोलाको ४,२०० रुपैयाँले बढी हो ।

    यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि सामान्य बढेको छ । साताभीमा चाँदीको भाउ तोलामा १ सय १० रूपैयाँले बढेको हो । आइतबार, चाँदी तोलाको १ हजार ७ सय ५० रुपैयाँ रहेको मुल्य शुक्रबार प्रतितोला १ हजार ८ सय ६० रुपैयाँ कायम भएको छ । 

    अन्तर्राष्ट्रिय बजारमा देखिएको द्धन्दको प्रभावका कारण सुनको भाउ बढिरहेको छ । सुनको भाउ बढ्नुको अर्को कारण कच्चा तेलको मुल्यमा भएको वृद्धि तथा डलरको विनिमय दरमा देखिएको स्थिरता पनि रहेका छन् ।

    सुनको मुल्यमा विगत केही समय देखि देखिँदै आएको बढ्दो ट्रेण्ड लगायतका कारणले पनि सुनको मुल्य बढ्न सघाएको बिश्लेषकहरुको भनाई छ ।

    विश्व बजारमा पनि शुक्रबार सुनको भाउ वृद्धि भएको छ । यस दिन, सुन प्रति अउन्स २ हजार ५६७ डलर बराबरमा कारोबार भएको हो । चाँदीको मूल्य प्रति अउन्स ३० डलरमा खरिदबिक्री भयो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij