खोलाले बगाउँदा एक जनाको मृत्यु

खोलाले बगाउँदा एक जनाको मृत्यु

शनिवार, भाद्र २९ २०८१
शनिवार, भाद्र २९ २०८१
  • खोलाले बगाउँदा एक जनाको मृत्यु

    रामपुर ।  यहाँको माथागढी गाउँपालिका–४ स्थित झुम्सा खोलाले बगाएर आज एक पुरुषको मृत्यु भएको छ । 

    खोलाले बगाएर तिनाउ गाउँपालिका–४, बिजनचौर स्थायी ठेगाना भएका ५३ वर्षीय शेरबहादुर चौहानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।

    खोला तर्ने क्रममा चौहानलाई बगाएको हो । उनको शव १ सय ५० मिटर तल खोलाको बीच भागमा भेटिएको थियो । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij