टरिगाउँ विमानस्थलबाट अब मङ्गलबार पनि उडान हुने

टरिगाउँ विमानस्थलबाट अब मङ्गलबार पनि उडान हुने

शनिवार, भाद्र २९ २०८१
शनिवार, भाद्र २९ २०८१
  • टरिगाउँ विमानस्थलबाट अब मङ्गलबार पनि उडान हुने

    तुलसीपुर । यहाँस्थित टरिगाउँ विमानस्थलमा अब मङ्गलबार पनि हवाई उडान हुने भएको छ । यसअघि प्रत्येक शुक्रबार मात्रै उडान हुँदै आएकामा नेपाल एयरलाइन्सले आगामी सातादेखि मङ्गलबार पनि उडान हुने भएको नेपाल वायुसेवा निगमका दाङ प्रमुख बलबहादुर सुनारले जानकारी दिए । 

    उनका अनुसार अब यस विमानस्थलबाट शुक्रबार दिउँसो १२ बजे र मङ्गलबार दिउँसो २ बजे उडान भर्नेछ । दसैँ तथा तिहारलगायतका चाडपर्वलाई लक्षित गरी उडान बढाइएकोे प्रमुख सुनारले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij