भोटेकोशी नदीमा खसेको गाडी निकालियो

भोटेकोशी नदीमा खसेको गाडी निकालियो

शुक्रवार, भाद्र २८ २०८१
शुक्रवार, भाद्र २८ २०८१
  • भोटेकोशी नदीमा खसेको गाडी निकालियो

    काठमाडौं । सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीमा खसेको गाडी सुरक्षाकर्मीको टोलीले निकालेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले क्रेनको सहायताले उक्त बोलेरो नदीबाट बाहिर निकालेको हो ।

    नदीबाट निकालिएको गाडी बा २० च २१८५ नम्बरको बोलेरो रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले बताए ।

    उक्त बोलेरा कहाँबाट कता गएको, कसले चलाएको, गाडीको को–को सवार थिए भन्ने विषयहरु खुल्न बाँकी नै रहेको एसपी खड्काले बताए ।

    सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ स्थित भोटेकोशी नदीमा गाडी खसेको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij