भोटेकोसीमा बलेरो खस्यो, क्रेन लगाएर निकाल्ने प्रयास गरिँदै

भोटेकोसीमा बलेरो खस्यो, क्रेन लगाएर निकाल्ने प्रयास गरिँदै

शुक्रवार, भाद्र २८ २०८१
शुक्रवार, भाद्र २८ २०८१
  • भोटेकोसीमा बलेरो खस्यो, क्रेन लगाएर निकाल्ने प्रयास गरिँदै

    काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ स्थित भोटेकोसी नदीमा गाडी खसेको छ । प्रहरीका अनुसार नदीमा बलोरेको आकार देखिएको छ । सिन्धुपाल्चोक प्रहरीका डीएसपी निरञ्जन भट्टराईले नदीमा बलेरोको आकार जस्तो देखिएकोले बलेरो खसेको आशंका गरिएको बताए ।

    नदीमा बलेरो जस्तो आकार देखिएकाले बलेरो खसेको भन्ने भएको छ । क्रेन लगाएर निकाल्ने प्रयास गरिए पनि सफल भएकाे छैन । नदीमा बाढी आएकाले झन् समस्या भएको प्रहरीले जनाएकाे छ । सेना र प्रहरीको टोली घटनास्थलमा पुगेर गाडी निकाल्ने प्रयास गरिरहेको छ । 

    तर, सो बलेरोमा कति मानिस थिए र कसको बलेरो हो भन्ने पनि खुलेको छैन । बलेरोको नम्बरसमेत खुलेको छैन ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij