भक्तपुर । बेवारीसे सडक मानवकाे उद्दार, उपचार र पालन पोषण गरिरहेको मानव कल्याण समाज (बाल सेवा घर) सम्मानित भएको छ । भक्तपुरलाई बेवारिसे सडक मानव मुक्त बनाउने अभियानका साथ भक्तपुरमा स्थापना भई मुलुकका सात जिल्लामा सेवा दिइरहेको मानव कल्याण समाजलाई ‘२०८१ सालको लक्ष्मी दास मान्नधर बाल हितकारी पुरस्कार’द्वारा सम्मानितत गरिएको हो ।

बिहीवार साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको आयोजनामा भएको एक कार्यक्रमका बीच मानव कल्याण समाजको बाल सेवा घरलाई एक लाख नगदसहित सम्मानित गरिएको हो । कार्यक्रममा संघीय सरकार उद्योग वाणिज्य तथा आपूर्ति माननीय मन्त्री दामोदर भण्डारीले मानव कल्याण समाज सेवा घरका संस्थापक सचिव विजय कुमार पोख्रेल र कार्यक्रम संयोजक रोशन ढकाललाई ताम्रपत्र सहित सम्मान गरेका हुन् ।

यस पुरस्कारले मानव कल्याण समाजलाई मानवीय कार्यमा अघी बढ्न थप जिम्मेवारी तथा उत्प्रेरणा प्राप्त भएको सेवा घरले जनाएको छ ।
