काठमाडौं । गत बिहीबारको मन्त्रिपरिषद बैठकबाट सचिवमा बढुवा भएका गोबिन्दबहादुर कार्की वाणिज्य सचिव बनेका छन् । मन्त्रिपरिषद बैठकले बाग्मती प्रदेशको प्रमुख सचिव रहेका कार्कीलाई वाणिज्य सचिवमा सरुवा गरेको हो ।
त्यस्तै वाणिज्य सचिव मधु सुदन बुर्लाकोटीलाई राष्ट्रिय तथ्यांक कार्यालयमा सरुवा गरिएको छ । तथ्यांक विभागका प्रमुख गोकर्णमणि दुवाडीलाई गृह सचिव बनाएपछि सरकारले बुर्लाकोटीलाई तथ्यांक कार्यालयको प्रमुखको रूपमा सरुवा गरेको हो ।
त्यस्तै, मन्त्रिपरिषद् बैठकले ५१ जना सहसचिवको सरुवासमेत गरेको छ ।