लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त

लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त

शुक्रवार, भाद्र २८ २०८१
शुक्रवार, भाद्र २८ २०८१
  • लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त

    काठमाडौं । लगानी बोर्डको  सीईओमा सुशील ज्ञवाली नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    नेपालको विकास निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको लगानी बोर्डको अध्यक्ष पदमा प्रधानमन्त्री केपी शर्मा ओली छन् । उपाध्यक्षमा अर्थमन्त्री विष्णु पौडेल छन् ।  

    बैठकले प्रशासन तर्फका ५१ जना सहसचिवको सरुवा गर्ने निर्णय समेत गरेको छ । त्यस्तै बैठकले बाणिज्य सचिव मधुसुदन बुर्लाकोटीलाई तथ्यांक विभागमा सरुवा गर्ने निर्णय गरेको छ भने बाणिज्यमा गोविन्दबहादुर कार्कीलाई सरुवा गर्ने निर्णय गगरेको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij