साइबर ब्यूरोका इन्सपेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

साइबर ब्यूरोका इन्सपेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

बिहिवार, भाद्र २७ २०८१
बिहिवार, भाद्र २७ २०८१
  • साइबर ब्यूरोका इन्सपेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

    काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोका तत्कालीन प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    सुवेदी साइबर ब्यूरोमा कार्यरत हुँदा मुद्दा मिलाइदिन्छु भनेर मुद्दाका पक्षसँग ९९ हजार रुपैयाँ लिएको देखिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

    उनीविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । साइबर अपराध मुद्दाका प्रतिवादीको मुद्दा मिलाइदिन्छु भनेर उनको दाजुसँग ९९ हजार रुपैयाँ लिएको पुष्टि भएको अख्तियारको भनाइ छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij