पशुपतिको कोटीहोम : आम्दानी २० करोड १५ लाख, आम्दानीभन्दा खर्च ७३ लाख बढी

पशुपतिको कोटीहोम : आम्दानी २० करोड १५ लाख, आम्दानीभन्दा खर्च ७३ लाख बढी

बिहिवार, भाद्र २७ २०८१
बिहिवार, भाद्र २७ २०८१
  • पशुपतिको कोटीहोम : आम्दानी २० करोड १५ लाख, आम्दानीभन्दा खर्च ७३ लाख बढी

    काठमाडौं । पशुपतिनाथ परिसरमा साउन महिनाभर सञ्चालित कोटीहोममा घाटा लागेको आयोजकले दाबी गरेका छन् । आयोजक विजय कृष्णमुर्ति महाराज भनिने विजय भण्डारीले पत्रकार सम्मेलन गर्दै आम्दानीभन्दा खर्च धेरै भएको विवरण प्रस्तुत गरेका हुन् ।

    कृष्णमुर्तिका अनुसार कोटीहोममा कुल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र द्रव्य दान संकलन भएको थियो । यस्तै, कोटीहोमका लागि २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको उनले बताए । यस अनुसार ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको कृष्णमुर्तिले दाबी गरेका छन् ।

    महायज्ञमा कबोल भएको मध्ये डेढ करोडदेखि २ करोड रुपैयाँ आउन बाँकी रहेको पत्रकार सम्मेलनमा उनले बताए ।

    मानव सेवा फाउन्डेसनलगायत ११ संस्थाहरूले आयोजना गरेको उक्त कोटीहोम महायज्ञबाट संकलित रकम ललितपुरस्थित मामाघर र भक्तपुरमा अवस्थित छोरीको ज्येष्ठ घरलाई सहयोग गर्ने उद्घोष गरिएको थियो । तर, सहयोग त परको कुरा महायज्ञ सञ्चालनकै खर्चसमेत नउठेको आयोजकले दाबी गरेका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij