काठमाडौं । नेपाली सेनाको सैनिक तालिम महानिर्देशनालयको महानिर्देशकमा ध्रुवप्रकाश शाह नियुक्त भएका छन् । सेनाको सहायक रथीबाट उपरथी दर्जामा पदोन्नति भएका शाह सैनिक तालिम महानिर्देशनालयको महानिर्देशकमा नियुक्त भएका हुन् ।
बिहीबार प्रधानसेनापति अशोकराज सिग्देलले जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच उपरथी शाहलाई दर्ज्यानी चिन्ह समेत प्रदान गरेका छन् ।
सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका महासेनानी अनुप अधिकारीलाई सहायक रथी दर्जाको दर्ज्यानी चिह्न एवं महासेनानी दर्जामा पदोन्नति भएका प्राविधिक डेन्टिस्ट प्रमुख सेनानी डा. रिवाज कार्कीलाई महासेनानी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।